सिग्देल कुलायन मन्दिर उद्घाटन

kulayan-mandir

पोखरा, २० वैशाख। तनहुँको अरुणोदय-५ स्थित सिग्देल बन्धु एकीकृत समाज अरुणोदय किहुँद्वारा निर्मित आत्रेय गोत्रीय सिग्देल कुलायन मन्दिर एवम् समाजका अध्यक्ष भक्तिप्रसाद सिग्देलबाट निर्मित प्रतीक्षालय एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि सांसद टुकराज सिग्देलले सार्वजनिक स्थलको निर्माणबाट आपसी एकतामा बल पुग्ने बताउँदै भातृत्व, सद्भाव र सद्विचार बृद्धि भइ मानवीय एकता जागृत हुनुे बताए। यसले देश विकासमा समेत सहयोग पुग्ने उनले बताए।

मन्दिर निर्माण समितिका अध्यक्ष भक्तिप्रसाद सिग्देलले निर्माण कार्यका सहयोगी तथा दानदातालाई धन्यवाद दिँदै मठ, मन्दिर, धार्मिक स्थल एवम् तीर्थस्थल निर्माण एवम् संरक्षण गर्नु मानवको कर्तव्य भएको बताए। निर्माण कार्यमा बढीभन्दा बढी युवा शक्ति परिचालन गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा सिग्देल बन्धु प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद सिग्देल, सदस्यहरू ताराप्रसाद सिग्देल र ऋषिराम सिग्देल, अरुणोदय गाविस सचिव कृष्णराज तिम्सिना, समाजसेवी भवानीशंकर लम्साललगायतले बोलेका थिए।समितिका अध्यक्ष भक्तिप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विष्णुप्रसाद सिग्देलले स्वागत गरेका थिए। कोषाध्यक्ष पार्वती सिग्देलले समाजको आयव्यय प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सदस्य रामजी सिग्देलले गरेका थिए।

समितिका अध्यक्ष भक्तिप्रसाद सिग्देलले प्रतीक्षालय संरक्षण तथा सर्म्बर्द्धनका लागि आफ्ना स्वर्गीय बुबा दुर्गादक्त र आमा खुमाया सिग्देलको स्मृतिमा ५० हजारको अक्षयकोष पनि स्थापना गर्ने जनाएका छन्।

- अादर्श समाज सम्वाददाता