पोखरा २७ मा राप्रपा नेपाल

हेमजा, २० बैशाख। राप्रपा नेपाल पोखरा-२७, हेमजामा रुस्तमबहादुर कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

समितिको उपाध्यक्षमा सावित्री तिमिल्सिना, सचिवमा डम्बरबहादुर अधिकारी, कोषाध्यक्षमा सुरेन्द्रबहादुर अधिकारी तथा सदस्यहरूमा दीपेन्द्र केसी, दीपक पराजुली, शंकर विक, तोरणबहादुर थापा, टेकबहादुर थापा, भरतमान श्रेष्ठ, सुनिता तिमिल्सिना, डिलबहादुर कुवँर, सरोज विक, हितबहादुर कुवँर, चीजकुमार श्रेष्ठ, रमेश कार्की, गोविन्द पौडेल, प्रेमबहादुर तिमिल्सिना, श्यामबहादुर थापा, अमृत राउत, राजन पराजुली, हितबहादुर थापा र गगां थापा छन्।

आइतबार भएको भेलाले कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य एवम् धौलागिरी अञ्चल प्रमुख कुलबहादुर गुरुङ ‘कुलुुले प्रत्येक गाँउ, टोलमा राप्रपा नेपालको संगठन बन्नुपर्ने बताए।

कार्यक्रममा जिल्ला अध्यक्ष जयलाल पुन, जिल्ला उपाध्यक्ष नेत्रबहादुर बस्नेत,  जिल्ला सचिव टेकबहादुर थापा, युवा नेता डम्बरबहादुर अधिकारी, प्रशिक्षण विभागका केन्द्रीय सदस्य बरुणबिक्रम राणालगायतले बोलेका थिए।

राप्रपा नेपाल पोखरा २७ का प्रतिनिधि तोरणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम क्षेत्र नं. ४ का सचिव तीर्थ सुवेदीले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता