पूर्र्वी लमजुङलाई उपेक्षा किन ?’

लमजुङ, १९ बैशाख। लमजुङको पूर्र्वी क्षेत्रका विकट मानिने तीन गाविस विचौर, दूधपोखरी र इलामपोखरीका बासिन्दाले राज्यले आफ्नो क्षेत्रलाई वेवास्ता गरेको आरोप लगाएका छन्।

जिल्ला विकास समितिले गरेको सार्वजनिक सुनुवाइका क्रममा उनीहरूले त्यस्तो गुनासो गरेका हुन्। उनीहरूले जिल्लाका अन्य क्षेत्रमा जस्तो आफ्ना तीन गाविसमा शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाईजस्ता क्षेत्रमा अझै विकासले गति लिन नसकेको र जिल्लाबाट योजना निर्माण गरिँदा आफ्नो क्षेत्रले प्राथमिकता पाउन नसकेको गुनासो गरे।

दुर्गमका बासिन्दालाई प्राथमिकता दिएर विकासका योजना बनाउनुपर्नेमा त्यस्तो सोच जिल्ला स्तरका नेता, राजनीतिक दल तथा जिल्ला विकास समितिसहितका विकासका कार्यालयसँग नभएको स्थानीय प्रेमप्रसाद दवाडीले बताए।

स्थानीय शिक्षक हरिप्रसाद दवाडीले भूकम्प पीडितलाई राहत वितरण गर्दा भेदभाव गरिएको बताए। भूकम्पको राहत वितरणमा पक्षपात भएको भन्ने अधिकांश वक्ताको भनाइ थियो। उनीहरूले सरकारको राहतका नाममा आश्वास मात्र पाएको, भूकम्प गएको वर्ष दिन बितिसक्दा पनि पुनःनिर्माणमा सहयोग नपाउनु दुःखद् बताए।

लमजुङका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भूकम्प पीडितका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत् सुविधा पाउने जानकारी दिए।

जेठ मसान्तसम्म प्राधिकरणको इकाइ स्थापना हुने जानकारी दिँदै उनले पीडितको तथ्याङ्क पुनर्ःर्मूल्याङ्कन गरेर अघि बढ्ने तयारीमा जिल्ला दैवी प्रकोप राहत समिति रहेको जानकारी दिए।

स्थानीय विकास अधिकारी शेखर पौडेलले पूर्र्वीर् लमजुङको विकासमा जोड दिएर जिल्लाले धेरै बजेट विनियोजन गरेको दाबी गरे।

कार्यक्रममा काङ्ग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडी, एमाओवादीका जिल्ला अध्यक्ष पारसमणि पौडेल, नेकपा माओवादीका जिल्ला अध्यक्ष मोहनहरी पौडेल, राप्रपा नेपालका जिल्ला अध्यक्ष शंकरराज विष्ट, राप्रपा जिल्ला अध्यक्ष बालचन्द्र श्रेष्ठले स्थानीयवासीका गुनासा जायज भएको बताएका थिए।

- अादर्श समाज सम्वाददाता