जागृति टोल विकासमा नयाँ नेतृत्व

पोखरा, १९ बैशाख। पोखरा-१७, लामातरास्थित जागृति टोल विकास संस्थाको आइतबार भएको प्रथम अधिवेशनले अमरबहादुर कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

दुर्इवषर्े कार्यकाल रहेको सो संस्थाको उपाध्यक्षमा लक्ष्मीवैरागी विक, सचिवमा प्रताप पौडेल, सहसचिवमा सुजन गुरुङ, कोषाध्यक्षमा सर्मिला लिम्बु र सहकोषाध्यक्षमा आशा पौडेल चयन भएका छन्।

संस्थाको सदस्यहरूमा गंगा घिमिरे, ओमप्रकाश पुन, दीपक न्यौपाने, खड्गबहादुर रोकाहामगर, राजन गौतम, क्षेत्रबहादुर कार्की, विष्णुमाया भण्डारी, दुर्गादत्त गौतम र तुल्सी पोख्रेल छन्।

अधिवेशनले कृष्णबहादुर गुरुङ, व्रि्रम पोख्ररेल, रामप्रसाद पौडेल, कर्णाखर गौतम, भीमनाथ भण्डारी, हरि भण्डारी, लिखकुमारी पौडेल र उदयबहादुर केसी रहेको सल्लाहकार समितिसमेत गठन गरेको छ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरि बास्तोलाले सो अधिवेशनको उद््घाटन गर्दै विकास, निर्माणमा स्थानीयको सक्रियता अपरिहार्य भएको बताए।

पोखरा उपमहानगरपालिका टोल विकास संस्थाका परिचालक मनकला पौडेलले नगरका २९ वडामा तीन सय ५४ वटा टोल विकास संस्था क्रियाशील रहेको जानकारी दिँदै टोलको विकास, निर्माणमा नगरपालिकाबाट आवश्यक सहयोग रहने बताइन्।

टोल विकास संस्थाका अध्यक्ष बिक्रम पोख्ररेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रगति टोल विकास संस्थाका अध्यक्ष कमल पुन, जागृति आमा समूहका सचिव गंगा भण्डारी, नवोदीत युवा क्लबका सचिव  नरबहादुर रोकाहामगर, बाल क्लब पोखरा १७ का अध्यक्ष सञ्जीव पौडेल, जागृति बाल क्लबका अध्यक्ष राजन गौतम, समाजसेवी कृष्णबहादुर गुरुङलगायतले बोलेका थिए। संस्थाका सचिव  रामप्रसाद पौडेलले प्रगति एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रम भीमनाथ भण्डारीले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता