घलेगाउँ महोत्सवको तयारी

लमजुङ, १९ बैशाख। लमजुङको सार्क राष्ट्रको नमूना पर्यटकीय गाउँ घलेगाउँमा १७ औं घलेगाउँ महोत्सव’को तयारी गरिएको छ।

हरेक वर्ष आयोजना हुने महोत्सवको उद्देश्य गाउँलाई सुखी र समृद्ध बनाउनु रहेको महोत्सव आयोजक समिति पर्यटन व्यवस्थापन समिति, ग्रामिण पर्यटन घलेगाउँले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। ग्रामीण पर्यटन पर््रवर्द्धन गरी घलेगाउँलाई सुखी र समृद्ध बनाऔं, १७ औं घलेगाउँ महोत्सव भव्यताका साथ सफल पारौं’ भन्ने नाराका साथ आयोजना गरिएको सो महोत्सव बैशाख २३ देखि २५ गतेसम्म हुने आयोजक समितिका संयोजक प्रेम घलेले बताए।

उनका अनुसार महोत्सवको प्रमुख अकर्षणमा हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टेसँगै परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्रलगायतका नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूयोर्दय र सूर्यास्तको दृष्यावलोकनलगायतका कार्यक्रम छन्। यसैगरी, सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डर्ेन र भ्यु टावर आदि घलेगाउँका आकर्षण हुन्।

घलेगाउँमा पुग्ने पाहुनालाई न्यानो सत्कार गरिने प्रचलन छ।समुद्री सतहबाट दुर्इ हजार एक सय मिटर उचाइमा रहेको घलेगाउँबाट लमजुङ हिमाल, मनासुलु, माछापुच्छ्रे, अन्नपूर्ण, हिमालचुलीलगायतका हिमाल नजिकबाट नियाल्न सकिन्छ भने मस्र्याङदी, खुदी, मादीलगायतका नदीको मनोरम दृष्य देख्न सकिन्छ।

१६ औं शताब्दी पूर्व घलेराज्यको राजधानीसमेत रहेको घलेगाउँ अध्ययन, अनुसन्धानका लागि पनि उपयुक्त मानिन्छ। घलेगाउँमा पछिल्ला दिनमा अनुसन्धानकर्ता, संस्कृतिविद्, साहित्यकारसमेत पुग्ने गरेका छन्। घलेगाउँमा वाषिर्क ३० हजार बढी पर्यटक आउने गरेका छन्’-आयोजक समितिका अध्यक्ष घलेले भने-र्ँपर्यटकबाट मात्रै गाउँमा ७० लाखभन्दा बढी रकम भित्रिएको छ। गाउँमै कृषि उपजको बिक्री र रोजगारीको अवसरसमेत खुलेको छ।’

सुरुमा १३ घरबाट सुरु भएको घलेगाउँको होमस्टे अहिले ३२ घरमा विस्तार भएको र पछिल्लो वर्ष जिल्ला विकास समितिको सहयोगमा दुर्इ दलित घरमा पनि होमस्टे सञ्चालन गरिएको छ।

- अादर्श समाज सम्वाददाता