मजदूर दिवसमा विविध कार्यक्रम

नवलपरासी, १९ बैशाख। नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिग नवलपरासीको जिल्ला भेला कावासोतीमा भएको छ।

मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादी र परी थापाले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) बीचको पार्टीएकतापछि क्रान्तिकारी युवा लिग नवलपरासीको प्रथम जिल्ला भेला नवलपरासीको कावासोतीमा भएको हो।

भेलाको उद्घाटन गर्दै नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य एवम् अवध राज्य इन्चार्ज प्रेम सुवेदीले मजदूरमाथि भएको दमन विरुद्ध एक भएर लड्नुपर्नेमा जोड दिए।

दिवसकै अवसरमा एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल टेड युनियन महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशन कावासोतीमा भएको छ। सम्मेलनको उद्घाटन गर्दै एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य डिलाराम आचार्यले मुलकमा माओवादीकै कारण गणतन्त्र आएको र अहिले देश माओवादी पार्टीले लिएको उद्देश्य अनुसार चलेको बताए।

त्यस्तै, मजदूर दिवसकै अवसरमा नवलपरासीको रजहरमा रहेको चौधरी उद्योग क्रममा उद्योगभित्र रहेको श्रमिकहरुले संयुक्त रुपमा विविध कार्यक्रम गरी मजदुर दिवस मनाएका छन्।

- अादर्श समाज सम्वाददाता