आठौं राष्ट्रपति रनिङ शिल्ड जारी

पोखरा, १६ बैशाख। कास्की जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड  विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार भएको आठ सय मिटर छात्र/छात्रा दौडमा सैनिक आवासीय माविका पवन श्रेष्ठ र गौरीशंकर माविकी  जमुना कुँवरले स्वण पदक जितेका छन्।

पोखरा रगंशालाको एथलेटिक्स ट्रयाकमा भएको दौडमा छात्रतर्फ गण्डकी आवासीयका सम्मर ढकालले रजत जिते भने मेश्रमबराह माविका सचिन गुरुङले कास्य पदक जिते। छात्रातर्फ भद्रकाली उच्च माविकी सुजाता रानामगरले रजत र गौरीशंकर माविकी ओममाया खगाने मगरले कास्य पदक प्राप्त गरिन्।

त्यस्तै, एक सय मिटर छात्रा दौडमा टप्स उच्च माविकी शशि चौधरीले स्वण हात पारिन् भने छोरेपाटन उच्च माविकी गोम विकले रजत र कास्की मोडनाइज्डकी सृजना क्षेत्रीले कास्य पदक जितिन्। छात्रतर्फ गण्डकी आवासीयका विकासकुमार शाहले स्वर्णयजिते भने सैनिक आवासीयका सिद्धान्त काकीले रजत र हेमजा बोर्डिङका सागर नेपालीले कास्य पदक हात पारे।

यसैगरी, राष्ट्रपति रनिङ शिल्डअन्तर्गत छात्रतर्फको भलिबल प्रतियोगितामा भद्रकाली उमाविले कालिकालाई २६(२८, २५-२० र २७-२५ को सेटले पराजित गरेको छ। त्यस्तै, निष्पक्ष माविले छोमरोङको धौलाश्री माविलाई २५(१५ र २५(१७ को सोझो सेटमा पराजित गरेको थियो।

छोरेपाटन उच्चमाविमाथि माउण्ट हेभन बोर्डिङ स्कुलले कठिन जित निकाल्ने क्रममा २५-२३, १४-२५ र अन्तिम सेटमा २५-१९ को सेट निकाल्यो। यसैगरी, हिमालय माविले हर्पनकोट माविलाई २५-२१ र २५-१२ को सेटमा पराजित गरेको थियो। नवीन उमाविले चिरकाजी मावमाथि २५-२१, २५-२७ र २५-२३ को सेटमा जित निकल्दै दोस्रो चरण प्रवेश गर्‍यो।

शुक्ल गण्डकीमाथि सिद्ध बराहले पनि सोझो सेटमा पराजित गर्ने क्रममा २५-१०, २५-१९ को सेटको नजिता निकालेको थियो।

यसैगरी, छात्रातर्फको प्रतिस्पर्धामा टप्स उच्चमाविले भद्रकाली उमाविलाई २५-१७ र २५-१४ को सेटमा पराजित गरेको छ। धौलाश्री माविले उदय माविलाई २४-२६, २६-२४ र २५-२३ को सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गर्न सफल भयो। त्यस्तै, निष्पक्ष मावि रिभानले सिद्ध बराह मावि पामेलाई २५-१९ र २५-१८ को सेटमा पराजित गरेकेा थियो। हिल प्वाइन्ट उमाविमाथि कास्की मोर्डनाइज्डले २५-२१ र २७-२५ को सेटमा जित निकाल्यो।

यस्तै, टि्रपल जम्पमा छात्रातर्फ सैनिक आवासीय माविका अनु अधिकारीले स्वर्णयजित्न सफल भइन् भने गौरीशकरका अनिसा भण्डारीले रजत र गौरीशकरकै मिना नेपालीले कास्य पदक जितिन्। छात्रतर्फ कास्की मोडनाइज्ड बोर्डिङका डोबिन गुरुङले स्वर्णयजिते भने डायमण्ड उमाविका सन्तोष पतनीले रजत र साइनिङ स्टारका किरण परियाले कास्य पदक हात पार्न सफल भए।

ज्याभलिङ थ्रो छात्रतर्फको प्रतिस्पर्धामा विष्णु पादुका प्रविण नेपालीले स्वर्णयजिते भने हिमालयन माविका जेनिस विकले रजत र गण्डकी बोर्डिङका जीतेन्द्र गरुङले कास्य पदक जिते।

त्यस्तै, छात्रातर्फ टप्स उच्च माविकी सरस्वती सुनारले स्वर्णयजित्न सफल भइन्। कास्की मोडनाइज्डकी इशा गुरुङले रजत र विष्णु पादुकाकी करुया नेपालीले कास्य पदक जित्न सफल भइन्।

यसैगरी, सितेरियो कराँते प्रतियोगितामा हिमाली बोर्डिङ स्कल प्रथम भएको छ। दुर्इ स्वर्णय एक रजत र  तीन कास्यसहित हिमाली प्रथम भएको हो। त्यस्तै, भास्कर एकेडेमी दोस्रो भयो।

- एजेन्सी