पत्रकार क्षेत्री रहेनन्

पोखरा, १६ बैशाख। नेपाल प्रेस युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीको बिहीबार निधन भएको छ।

surya ku chhetri

करीब पाँच महिनाअघि ब्रेन ट्युमरको शिकार बनेका पत्रकार क्षेत्रीको अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा बिहीबार साँझ करिब नौ बजे निधन भएको हो। गत पुसमा भारतको नयाँ दिल्लीस्थित बिएलके अस्पतालमा ४५ दिनको थेरापीपश्चात् स्वदेश फिर्ता भएका क्षेत्री बिहीबार बिहान अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका थिए। स्याङजा स्थायी घर भएका क्षेत्री कलाकार तथा गीतकारसमेत हुन्। क्षेत्रीका सयौं लोकदोहोरी तथा आधुनिक गीतहरू रेर्कर्ड भएका छन।

- एजेन्सी