फिस फेस्टिबल आजदेखि

लेखनाथ, १६ बैशाख। ‘बेगनास जाऔं, माछाका परिकारमा रमाऔं’ भन्ने नाराका साथ आजदेखि दोस्रो बेगनास फिस फेस्टिबल सुरु हुँदै छ।

begnas fish festival2

होटल तथा रेष्टुरेण्ट एसोसिएसन अफ लेखनाथको आयोजना र बेगनास डुङ्गा व्यवसायी समिति एवं बेगनास ताल बस सञ्चालक समितिको सहआयोजकमा हुने महोत्सव १९ गतेसम्म चल्नेछ।

समग्र लेखनाथ नगरको आन्तरिक एवं बाहृय पर्यटन प्रवद्धनमा सहयोग पुर्‍याउने उद्देश्यले बेगनासताल किनारमा आयोजना हुन लागेको फेस्टिबलमा यस क्षेत्रमा पाइने करिब २३ जातका माछाका परिकार तथा आला माछा पाइने आयोजकले जनाएको छ।

महोत्सव करिब ७० हजारले अवलोकन गर्ने र करिब ५० लाख कारोबार हुने अपेक्षा गरिएको छ।

- अादर्श समाज सम्वाददाता