सामुदायिक भवन बनाउन महायज्ञ

लेखनाथ, २३ चैत। लेखनाथ-१४ मा बहुउद्देश्यीय सामाजिक भवन निर्माण सहयोगार्थ चैत २४ देखि बैशाख २ गतेसम्म श्रीमद्भागवत ज्ञान तथा पितृ उद्धार महायज्ञ हुने भएको छ।

साझा साँस्कृतिक समाज लेखनाथ-१४ को आयोजना तथा स्थानीय सामाजिक संघ, संस्थाको सहकार्यमा सातमुहाने साझा बजारमा हुन लागेको महायज्ञमा ऋषिराम पौडेलले सङ्गीतमय कथा प्रवचन गर्ने मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

साझा साँस्कृतिक समाजका अध्यक्ष शिवराज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रचारप्रसार संयोजक शंकरप्रसाद मरासिनीले महायज्ञको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै महायज्ञबाट बचत भएको रकमबाट निर्माणाधीन सामाजिक भवनलाई पूर्णता दिइने जानकारी गराए।

महायक्षमा एक हजार आठ शाल्रि्राम परिक्रममा, कृष्णलिला र रामचरित्रमा आधाररित कथावाचन, सामूहिक व्रतबन्ध र लक्ष्यदीप प्रज्ज्वलनलगायत दैनिक रुपमा विभिन्न धार्मिक कार्यक्रम गरिने महायज्ञ संयोजक कप्तानराज पौडेलले जानकारी दिए।

रामनवमी र नयाँ वर्षको अवसरमा हुने महायज्ञमा करिब एक करोड अर्थ सङ्कलन गर्ने लक्ष्य राखिएको छ। चैत २४ गते बुधबार हुने उद्घाटन समारोह पूर्व कलश यात्रा गरिनेछ। भूमिसुधार राज्यमन्त्री विक्रमबहादुर थापाले महायज्ञ उद्घाटन गर्ने कार्यक्रम छ।

- अादर्श समाज सम्वाददाता