कालिकाचोक टोल विकासमा नयाँ नेतृत्व

लेखनाथ, २३ चैत। कालिकाचोक टोल विकास संस्था लेखनाथ ३ र ५ को मङ्गलबार भएको पहिलो अधिवेशनले सरस्वती गौतमको अध्यक्षमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा गोमा पतानी, सचिवमा सविता भण्डारी, सहसचिवमा मधु ढुङ्गाना, कोपाध्यक्षमा इन्दु अधिकारी र सहकोषाध्यक्षमा लक्ष्मी ढुङ्गाना छन् भने सदस्यहरूमा डिलमाया गुरुङ, इन्दिरा वञ्जरा र अनिता बराल छन्।

अधिवेशन उद्घाटन गर्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले विकासमा जनसहभागिता हुन सके जस्तोसुकै काम पनि सम्भव हुने धारणा राखे। टोल विकास संस्थाले अगाडि सारेको अध्यारो मुक्त टोल र बालश्रम मुक्त टोल निमार्णयअभियानमा नगरपालिकाले सहयोग गर्ने बताए।

संस्थाका अध्यक्ष सरस्वती गौतमको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालिकाका इन्जिनियर जगन्नाथ कोइराला, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि गिरिराज गौतम, नेपाल महिल संघ कास्कीका अध्यक्ष कोपिला रानाभाट, नगर स्तरीय टोल विकास संस्थाका संयोजक छविलाल लामिछाने, सचिव शौलेन्द्रमोहन भट्टराई, जनप्रिय सहकारी संस्थाका अध्यक्ष मुरारी बराललगायतले बालेका थिए।संस्थाका कोषाध्यक्ष सविता भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष गोमा पतानी र धन्यवाद सहसचिव इन्दु अधिकारीले गरेकी थिइन्।

- अादर्श समाज सम्वाददाता