स्याङ्जाली अन्तर समाजबीच समन्वय बैठक

पोखरा, २३ चैत। स्याङ्जाली सर्म्पर्क सदन पोखराको आयोजनामा स्याङ्जा जिल्लाका विभिन्न गाविस तथा क्षेत्रबाट पोखरामा आई संगठित सर्म्पर्क समाजका प्रमुख तथा प्रतिनिधिबीच मङ्गलबार समन्वय बैठक सम्पन्न भयो।

बैठकका सहभागीले समग्र स्याङ्जाको प्रतिनिधित्व गर्दै स्थापित स्याङ्जाली सर्म्पर्क सदन पोखरालाई सबैको छाता संस्थाका रुपमा स्थापित गरी पोखरावासी सम्पूर्ण स्याङ्जालीलाई संगठित गनुपर्ने सुझाव दिएका थिए। सदनले यही चैत २७ गते आयोजना गर्ने नयाँ वर्षको शुभकामना आदानप्रदानलगायतका कार्यक्रमबारे छलफलका लागि बैठक आयोजना गरिएको सदनका महासचिव टंकप्रसाद खनालले जानकारी दिए।

सदनका अध्यक्ष चिरञ्जीवी पोख्रेलको अध्यक्षतामा भएका बैठकमा सोपाल तमु समाजका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङ, पञ्चमुल पोखरा सर्म्पर्क समाजका अध्यक्ष लालकुमार अधिकारी, स्याङ्जा पुतलीबजार पोखरा नेवाः समितिका सचिव मिमलाल श्रेष्ठ, माझकोट पोखरा समाजका अध्यक्ष ओमबहादुर गुरुङलगायतले पोखरामा विभिन्न पेशा, व्यवसाय गरी बसोबास गर्ने स्याङ्जीलाई सदनमा आवद्ध गराउँदै सामाजिक काममा लाग्न सुझाव दिएका थिए।

- एजेन्सी