लायन्स आदर्श चौतारीमा नयाँ नेतृत्व

पोखरा, २३ चैत।  लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सन् २०१६/०१७ का लागि राजेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

अधिवेशनले प्रथम उपाध्यक्षमा दयाशंखर गौतम, द्वितीय उपाध्यक्षमा चन्दे्रश्वर वस्ताकोटी, तृतीय उपाध्यक्षमा नारायणबहादुर थापा, सचिवमा सुशील कोइराला, सहसचिवमा शिव नेपाली, कोषाध्यक्षमा अशोक केसी र सहकोषाध्यक्षमा किशोर रञ्जितलाई छनौट गरेको छ।

त्यस्तै, टेलट्विष्टरमा वसन्तराज कोइराला, मेम्बरसीप चिफ पर्सनमा शंकर कार्की,  निर्देशकमा नवराज क्षेत्री, हरि बस्नेत, भरत सिग्देल, सञ्जीव बास्तोला र सन्तोष कार्की छन्।

अधिवेशनले पिआरओमा राजन भण्डारी र टेमरमा रमेश क्षेत्रीलाई चयन गरेको छ। लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका चार्टर प्रेसिडेन्ट बालकृष्ण शर्मा संयोजक तथा अध्यक्ष कमल बस्नेत र कोषाध्यक्ष परमेश्वर कार्की सदस्य रहेको निर्वाचन समितिले अधिवेशन गराएको हो।

निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका पदाधिकारी र आदर्श समाज दैनिकका प्रमुख समाचारदाता नवीन सिग्देलले फूल र माला लगाइदिएर बधाइ ज्ञापन गरे। कार्यक्रममा बोल्दै युनाइटेड चौतारीका चार्टर प्रेसिडेन्ट बालकृष्ण शर्माले आफ्नो कामलाई ध्यान दिँदै लायनवादमा समर्पित हुन आग्रह गरे। ‘सबैभन्दा पहिले आफ्नो काममा ध्यान दिनुपर्छ’-उनले भने-’आफ्नो कामपछिको समय लायन्सलाई दिनुस्।’

क्लबका संस्थापक अध्यक्ष वासु कोइरालाका अनुसार, क्लबले छोटो समयमा नै वृक्षारोपण, क्यान्सरसम्बन्धी सचेतना, आँखा शिविर, विद्यार्थीका लागि न्यायो कपडा अभियान र साङ्गीतिक कार्यक्रमलगायतका कार्यक्रम गरिसकेको छ।

- अादर्श समाज सम्वाददाता