ओम डेभलपमेन्ट बैंकको कारोबार सुरू

पोखरा, २२ चैत। पोखरामा मुख्य कार्यालय रहेका सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स गाभिएर सोमबारदेखि एकीकृत कारोबार सुरू भएको छ।

fewa and sity

दुर्इ बैंक गाभिएर राष्ट्रिय स्तरको विकास बैंक ओम डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट कारोबार सुरु भएको हो।

सोमबार साविक ओम फाइनान्सका अध्यक्ष सुशील गोशली र सिटी डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रकुमार बाटाजुले एकीकृत कारोबार शुभारम्भ गरे।

कार्यक्रम पोखरा उप-महानगरपालिकाद्वारा अघि सारिएको प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा कार्यक्रममा बैंकिङ पार्टनरका रुपमा काम गर्ने तथा भूकम्प पीडितलाई सहुलियत दरको आवास कर्जा आहृवानपत्र प्रदान गरी उद्घाटन गरिएको हो।

संयुक्त कारोबारपछि बैंकको प्रधान कार्यालय चिप्लेढुङ्गा, पोखरामा छ। बैंकको अध्यक्षमा सुशीलकुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा विश्वमोहन अधिकारी र नायब प्रमुख कार्यकारी अधिकृतमा बुद्धि मल्ल छन्।

अब बैंकको चुक्ता पुँजी एक अर्ब पाँच करोड, निक्षेप १० अर्ब ८२ करोड, कर्जा नौं अर्ब २२ करोड पुगेको छ।

बैंकका शाखा २५, एटिएम तीन, कर्मचारी दुर्इ सय १९, ग्राहक संख्या झण्डै एक लाख तथा शेयर धनी १६ हजार दुर्इ सय ७५ पुगेका छन्।

- अादर्श समाज सम्वाददाता