भाट समाज पश्चिमाञ्चलमा श्रीबहादुर

पोखरा, २२ चैत। भाट समाज नेपाल पश्चिमाञ्चलमा श्रीबहादुर रानाभाटको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर रानाभाट, उपाध्यक्षमा इ. सुरज रानाभाट र क्या. देवबहादुर रानाभाट, सचिवमा बलराम रानाभाट, सहसचिवमा मिना रानाभाट, कोषाध्यक्षमा मीनबहादुर रानाभाट, सहकोषाध्यक्षमा जयन्ती रानाभाट रहेका छन्।

त्यस्तैगरी, कार्य समिति सदस्यमा कृष्णबहादुर ानाभाट, इन्दु रानाभाट, वसन्त बन्जारा भाट, नरेन्द्र, बलराम, मिना, ज्ञयप्रसाद, रामबहादुर, विजय, शेरबहादुर, दुर्गाबहादुर, वीरेन्द्र रानाभाट र नरबहादुर पौडेल भाट रहेका छन्।

कार्यक्रमको स्याङ्जा जिल्ला अदालतका न्यायाधीश शिवबहादुर रानाभाटले उद्घाटन गरेका थिए।

भाट समाजका केन्द्रीय सल्लाहकार चिनु रानाभाटले भाट समाजले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको बताए।

तनहुँका सहायक जिल्ला शिक्षा अधिकारी सूर्य रानाभाटले समाजले समाजसेवा र भाट एकतामा जोड दिनुपर्ने बताए।

कार्यक्रममा केन्द्रीय सदस्य बुद्धिबहादुर, राजेन्द्रकुमार रामबहादुर, शंकर रानाभाट, केन्द्रीय युवा परिचालन समितिका सहसंयोजक रमेश राजभाट, क्षेत्रीय सल्लाहकार चन्द्रबहादुर रानाभाट, क्षेत्रीय सदस्य नरेन्द्र रानाभाट, तनहुँ अध्यक्ष मुरारी रानाभाट, कास्कीका अध्यक्ष रमेश रानाभाट, स्याङ्जा अध्यक्ष सोभित रानाभाट, गोरखा अध्यक्ष अमृत रानाभाट, लमजुङ अध्यक्ष मिरा रानाभाटलगायतले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता