जागरण फेदी कप सुरु

हेमजा, २२ चैत। कल्पेश्वर नवजागरण युवा क्लब पोखरा-२९, हेमजा फेदीको आयोजनामा सोमबारदेखि तेस्रो जागरण फेदी कप सुरु भएको छ।

football

प्रतियोगिता पोखरा उप-महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले उद्घाटन गरे।

अधिकारीले स्वास्थ्यका लागि खेलकुद् आवश्यक रहेको बताउँदै यस्ता प्रतियोगिताले स्थानीय स्तरबाटै खेलाडी उत्पादन र खेल प्रवर्द्धन गर्ने बताए। उद्घाटन खेलमा कल्पेश्वर युवा क्लब ‘ए’ ले धम्पुस युवा क्लबलाई १-० गोल अन्तरले पराजित गर्‍यो।

त्यस्तै, दोस्रो खेलमा रञ्जन मेमोरियल लामाचौरले हेमजा युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गर्‍यो। त्यस्तै, पहिलो दिनको तेस्रो खेलमा सिम्पानी फुटबल क्लबले धम्पुसलाई ४(२ गोलअन्तरले हराएको खेल संयोजक हरि भण्डारीले जानकारी दिए।

प्रतियोगिताका विजेताले नगद ६० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, त्यस्तै उपविजेताले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता बिहीबारसम्म चल्नेछ।

- अादर्श समाज सम्वाददाता