हेवन्ली गार्डेनद्वारा वृद्धवृद्धा सम्मानित

पोखरा, २१ चैत। पोखरा-१७, बिरौटास्थित हेवन्ली गार्डेन मन्टेश्वरीले पोखरा वृद्धाश्रमका वृद्धवृद्धालाई सम्मान गरेको छ।

स्कुलले एक कार्यक्रम आयोजना गरी आइतबार दिउँसो बृद्धबृद्धलाई सम्मान गरेको हो। त्यस अवसरमा ६२ वृद्धवृद्धालाई फलफूल र जुस पनि वितरण गरिएको थियो। स्कुलका विद्यार्थीले वृद्धवृद्धालाई उक्त सामग्री वितरण गरेका थिए। कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुली, स्कुलका प्राचार्य रीतादेवी सुवेदी, संस्थापक भवदत्त सुवेदी र शिक्षलगायतले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता