अन्तर सामुदायिक सेभेन ए साइड फुटबल सुरू

पोखरा, १९ चैत। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा-१ बगरको आयोजनामा दोस्रो अन्तर सामुदायिक सेभेन ए साइड मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरू भएको छ।

‘आपसी मेलमिलाप र स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ सुरू प्रतियोगिता शनिबारसम्म चल्ने छ। १३ औ वाषिर्कोत्सवको अवसरमा गरिएको प्रतियागितामा छ टीमको सहभागिता छ।

प्रतियोगिताको उद्घाटन खेलमा सामदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बगरले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकलाई ७-१ ले पराजित गरको छ। त्यसैगरी, शुक्रबार नै भएको दोस्रो खेलमा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेव केन्द्र माटेपानीबीच खेल बराबरी भएको थियो। पछि ट्राइवेकरमा लेखनाथले माटेपानीलाई २-० ले पराजित गर्‍यो।

शनिबार सेमिफाइनल र फाइनलका खेल हुने खेलकुद उपसमिति संयोजक शिवराज अधिकारीले जानकारी दिए। सेमिफाइनलमा पहिलो खेल सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बगर र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदामबीच तथा दोस्रो खेल सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ र सामुदायि सेव केन्द्र एवम् सामुदायिक प्रहरी सेवा कालिकाबीच सेमिफाइनका खेल हुनेछन्।

यसअधि कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकरप्रसाद कोइरालाले खेल र खेलाडीका प्रतिभालाई उजागर गर्न यो प्रतियोगिता कोषेढुङ्गा सावित हुने बताए ।

पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मिनराज काफ्ले, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरूङ र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका सहसचिव रामभुषण पराजुलीले बोलेका थिए। प्रतियोगितामा प्रथम हुनेले २५ हजार ट्रफी मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। सामुदायिक सेवा केन्द्र बगर एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१ बगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको उपाध्यक्ष तथा १३ औं वाषिर्कोत्सवका संयोजक विष्णुबहादुर खड्गीले स्वागत र सचिव गिरिप्रसाद गुरूङले कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता