प्राध्यापक रेग्मीको बिदाइ

पोखरा, १९ चैत। राजनीतिशास्त्र विभाग पृथ्वीनारायण क्याम्पसले विभागका प्राध्यापक पद्मशरण रेग्मीको बिदाइ गरेको छ।

त्रिविमा करिब ३१ वर्ष प्राध्यापन गराएका रेग्मी पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन समिति पूर्व सदस्य तथा राजनीतिशास्त्र विभागका पूर्व अध्यक्षसमेत भएर कार्य गरेका थिए। विभागका अध्यक्ष डा.उमानाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्राडा देवेन्द्रबहादुर लामिछाने, सहायक क्याम्पस प्रमुखहरु प्रा. विश्व अधिकारी, प्रा.तारा खनाल, सहप्राध्यापक बसन्त पराजुली एवम् विभागका सदस्यहरु प्रा.तारा बराल, सहप्राध्यापक लालबहादुर कुँवर, उपप्राध्यापक कमल पौडेललगायतले प्रा.रेग्मीको व्यक्तित्वको बारेमा प्रकाश पारेका थिए।कार्यक्रममा सूर्यरत्न शाक्य प्रतिष्ठानका प्रमुख संरक्षक सूर्यरत्न शाक्य, शेरबहादुर तथा पूर्णकुमारी गुरूङ अक्षयकोषका प्रमुख संरक्षक गणेशबहादुर गुरुङ, भुगोल विभागका प्रमुख सहप्राध्यापक विष्णुप्रसाद अधिकारीलगायत विभागका सदस्यहरुले प्राध्यापक रेग्मीको सुखद् निवृत्त जीवनको शुभकामना दिए।

विभागका सदस्य भीमनाथ बरालले सञ्चालन गरेको कार्यक्रममा विभागका तर्फबाट प्रा.रेग्मीलाई उपहार, प्रशंसापत्रलगायतले सम्मानका साथ बिदाइ गरिएको हो।

- एजेन्सी