चिनियाँ निजी क्षेत्रलाई लगानी गर्न प्रधानमन्त्रीको आग्रह

पोखरा, ९ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चमात्कारिक आर्थिक विकाससँग आफ्नो देशको अर्थतन्त्र जोडेर नेपालले यसबाट अधिकतम् फाइदा लिन चाहेको बताएका छन्।

kp oli

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजित नेपाली तथा चिनियाँ व्यापारिक समुदायलाई सम्बोधन गर्दै विश्व अर्थतन्त्र नै चिनियाँ अर्थतन्त्रसँग समाहित भएको यस घडीमा नेपाल यसबाट बाहिर रहन नसक्ने बताए। उनले चीन आफ्नो विशाल भूगोलका कारणले नभई इतिहासमै उसले ठूलो फड्को मारेको कारणले आज सम्पूर्ण विश्वले चीनलाई नियाली रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले अति गरिबीबाट माथि उठ्दै विशाल अर्थतन्त्र बनाएको चीनको सन् २०१४ मा मात्रै एक सय १४ अर्ब बिलियन अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी रहेको उल्लेख गर्दै नेपाल चीनको अतिनिकट छिमेकी भएका नाताले चीनले विकासोन्मुख राष्ट्रका लागि गर्ने यस्तो लगानीमा नेपाल पनि साझेदार बन्न चाहेको बताए।

उनले वाषिर्क एक सय विलियन अमेरिकी डलर खर्च गर्ने चिनियाँ पर्यटक आफैँमा विश्वमै विशिष्ट उत्पादन भएको भन्दै नेपालमा यस्ता पर्यटकलाई आकषिर्त गर्ने थुपै्र विशेषता रहेको उल्लेख गरे। दुवै देशका व्यवसायी र लगानीकर्ताबीच सहकार्य हुनसक्ने सम्भावना औल्याए। ‘संयुक्त रुपमै हामी यस कार्यलाई चिनियाँ पर्यटकको अत्यन्त विशिष्ठ पहिचानका रूपमा विकास गर्न चाहन्छौँ’-उनले भने।

नेपाल हालै चिनियाँ लगानीमा स्थापना भएको एसियाली पूर्वाधार लगानी बैंकमा आबद्ध भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले परिवर्तित सर्न्दर्भमा चिनियाँ नेतृत्वमा प्राचीन रेशम मार्गको पुनरोदयका लागि रेसम मार्ग आर्थिक क्षेत्र तथा २१ औँ शताब्दीको सामुद्रिक पस्मिना मार्ग प्रक्रियाको एक भाग भएको बताए। उनले बैंक, रेशम मार्ग, आर्थिक क्षेत्र तथा सडक विस्तारले विकास पूर्वाधारका लागि एसियामा अर्थ परिचालन हुने, अन्तरसम्बन्ध विस्तार हुने र व्यापार तथा लगानीमा सहजीकरण हुने विश्वास व्यक्त गरे।

नेपाल र छिमेकी चीनबीच पहिलोपटक भएको यातायात तथा पारवहनलगायतका सम्झौता राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चाको विषय बनेको छ। ती सम्झौताले दुर्इ देशबीचको सम्बन्धमा नयाँ अध्याय थपेको छ।

भू-परिवेष्ठित नेपालको आर्थिक विकासमा सो सम्झौताले दूरगामी महत्वको प्रभाव पार्ने कूटनीतिक मामिलाका जानकार तथा विज्ञको धारणा छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी लि खछ्याङको उपस्थितिमा सोमबार बेइजिङमा पारवहनलगायत १० बुँदे सहमति भएको थियो।

नेपालमा संविधान जारीपछि भारतले अघोषित नाकाबन्दी गरी पेट्रोलियम पदार्थको आपूर्र्तिमा असहजता उत्पन्न भएको स्थितिमा चीनसँगको सो सम्झौताको दीर्घकालीन महत्व हुन सक्नेछ। भारतलाई देखाउनका लागिमात्र सो सम्झौता गरिएको भन्ने प्रकारले लिन नहुने र सो सम्झौता हुँदैमा भारतसँग सम्बन्ध ब्रि्रन्छ कि भनेर चिन्ता लिनुपर्ने अवस्था पनि नरहेको विज्ञको भनाइ छ।

नेपालमा चीन वा भारत कुनै पक्ष हाबी नहुने र दुवै देशको सहयोग लिएर यहाँको आर्थिक विकास गर्नु वर्तमानको आवश्यकता भन्दै विज्ञहरुले त्रिपक्षीय साझेदारीका विषयमा नेपालले पहल गर्नुपर्नेमा जोड दिए। परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ भन्छन्-‘भू-परिवेष्ठित नेपालका लागि चीनसँग भएको पारवहन सम्झौताको दूरगामी महत्व छ। हामीले अब चिनियाँ बन्दरगाह प्रयोग गर्न पाउछौँ। तेस्रो मुलुकसँग व्यापार आदानप्रदान र समुद्रसँग जाने आउने गर्न सक्छाँै।’

पछिल्लो समय भारत र चीनको सम्बन्ध सुध्रिइरहेको छ। चीन भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा स्मार्ट सिटी बनाउन चीनको महत्वपूर्ण सहयोग छ। भारतले पनि काठमाडौँसम्म रेल ल्याउने प्रस्ताव गरेको छ भने चीनले सिगात्से हुँदै रेलमार्ग जोड्दै छ। नेपालको बाटो भएर पनि ती देशबीच व्यापार बढाउन दुवै देश तयार भएका सर्न्दर्भमा चीनसँगको पारवहन सम्झौता नेपाल, भारत र चीनका लागि दूरगामी महत्वको भएको उनको तर्क छ।

- अादर्श समाज सम्वाददाता