फागुमेलामा झडप हुँदा तीन घाइते

चितवन, ९ चैत। दारेचोक-३, लामीडाँडामा फागुपूणिर्मा अवसरमा आयोजित मेलामा सोमबार राति दुर्इसमूहबीच झडप हुँदा तीन जना घाइते भएका छन्।

घाइतेमध्ये दुर्इ जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोराहाका १५ वर्षीय आशिक गुरुङ, १४ वर्षीय सुदीप गुरुङ र २१ वर्षीय हस्तबहादुर गुरुङ र्घाईते भएका छन्। सुदीप र हस्तबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनीहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। राति १ बजेस्थानीय गुरुङ र मगर युवाबीच झडप भएको थियो। झगडामा घरेलु हतियार प्रयोग भएको प्रहरीले जनाएको छ।

यसैबीच, घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवीन थापामगर, विष्णु मगर र राम मगर छन्। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, होलीको अवसरमा मङ्गलबार सडकमा अवान्छित गतिविधि गर्ने छ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।

- अादर्श समाज सम्वाददाता