कास्कीमा ५७ पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले मङ्गलबार ५७ जनालाई पक्राउ गरेको छ। होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, जथाभावी रंग दल्दै हिड्ने, लोला हान्ने, उच्छृङखल गतिविधि गर्ने ५७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेशबहादुर वमले जानकारी दिए।

पक्राउ परेकामध्ये ३७ जनालाई छाडिएको छ भने २० जनामाथि छानबिन भइरहेको छ। उनीहरूलाई कास्कीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। होलीमा कुनै अप्रिय घटना नघटोस् भनी पोखराका ठाँउ-ठाँउमा प्रहरी परिचालन गरिएको थियो।

- अादर्श समाज सम्वाददाता