महायोगी सिद्धबाबा पोखरा आउँदै

पोखरा, ९ चैत। जगतगुरु श्री रामानन्दचार्य बराहक्षेत्र, चतराधाम, सुनसरीका संस्थापक महायोगी सिद्धबाबा श्री १००८ श्री वैष्णव डा. कृष्णदासजी महाराज बिहीबार पोखरा आउने भएका छन्।

Siddha Mahayaog phoot

गत फागुन १६ गतेबाट २५ सम्म चतराधाममा सञ्चालित रामार्चन महायज्ञको प्रसाद तथा पूर्ण घडाको जलाभिषेस एवम् आशीर्वचन प्रदान गर्न उनी बिहीबार पोखरा आउने कार्यक्रम छ।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका पीठाधीशसमेत रहेका डा. कृष्णदासजी महाराजले सिद्ध महायोग ध्यान साधनाका साधक र समितिका आजीवन सदस्यलाई प्रसाद वितरण र आशीर्वचन प्रदान गर्ने छन्।

पोखरा बसाइको अवसरमा बिहीबार र शुक्रबार साधकलाई ध्यान साधना सिकाउनुका साथै यस वर्षको चैतदशैंको शुभारम्भसँगै नौ दिन नवरात्रि अवधिभर पोखराको नारायणस्थानमा महाराजजी समाधीमा रहने कार्यक्रम छ। कार्यक्रममा सहभागिताका लागि भक्तजनलाई समितिले आग्रह गरेको छ।

- अादर्श समाज सम्वाददाता