वेगनासतालमा निःशुल्क स्वास्थ्य शिविर

लेखनाथ, २६ फागुन। कास्कीको लेखनाथ नगरपालिका वडा नंं. ११, वेगनासतालमा रहेको वेगनास युवा क्लबको आयोजना तथा लेखनाथ सिटी पोलिक्लिनिकको प्राविधिक सहयोगमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

medical camp

रोग लाग्नुभन्दा पहिले नै रोग निवारणका उपायवारे जानकारी दिने उद्देश्यले राखिएको शिविरमा एक सय बढीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा थाइराइट, मधुमेह, हाडजोर्र्नी नशा, आँखा, फोक्सो, पेट, छाती, मुटु र मृगौलालगायतका रोगको परीक्षण गरिएको हो।

शिविरको उद्घाटन गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका शाखा अधिकृत पदमराज आचार्यले समाज रुपान्तरणका लागि युवाले सकारात्मक सन्देश जाने खालका काममा जोड दिनुपर्ने बताए।

क्लबका अध्यक्ष मदनबाबु कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी, डा. कमल कुमाललगायतले बोलेका थिए। क्लबका सचिव राजेन्द्रप्रसाद बरालले सञ्चालन गरेको कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष विकाश लामिछानेले गरेका थिए।

शिविरमा डा. कमल कुमाल, डा. विद्याभुषण ताम्राकार र डा. गोविन्द गुरुङले स्वास्थ्य जाँच गरेका थिए।

- अादर्श समाज सम्वाददाता