जनकल्याण युवा क्लबको ११ औँ वाषिर्कोत्सव

गल्याङ, २५ फागुन। स्याङ्जाको तीनदोबाटे गाविस वडा नं ६, चिउरी स्थित जनकल्याण युवा क्लवको ११ औँ वाषिर्कोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद मुक्तिप्रसाद पाठकले युवाका लागि खेलका माध्यमबाट शारीरिक तथा मानसिक विकास जरुरी भएको बताए। उनले युवालाई रचनात्मक कार्यमा सरिक बनाउने अभियान आवश्यक भएको बताए।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोजगका सदस्य ढाकाराम अर्याल, नेकपा एमाले जगत्रदेवी गाउँ कमिटी अध्यक्ष किसान श्रेष्ठ, तीनदोबाटे गाउँ कमिटीका अध्यक्ष आनन्द पाठक, स्याङ्जा खेलकुद विकास समितिका कोषाध्यक्ष भवी गुरुङ, समाजसेवी प्रेम पराजुली, केशबहादुर सारु, किरण थापालगायतले शुभकामना मन्तव्य राखेका थिए।

चार दिनसम्म सञ्चालन हुने क्लब स्तरीय पुरुष भलिबल पनि मङ्गलबारै सुरु भयो। खेलमा २८ समूहको सहभागिता रहेको थियो। खेलमा प्रथम, दोस्रो, तेस्रो सान्त्वना हुने समूहलाई क्रशमः नगद २५ हजार, २५ हजार १० हजार र ४ हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। क्लबका अध्यक्ष युवराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अस्मिता राना र सञ्चालन क्लवका सचिव नेत्र रानाले गरेका थिए।

- अादर्श समाज सम्वाददाता