टीका रोमा प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्व सम्मानित

गल्याङ, २५ फागुन। स्याङ्जाको थुमपोखरा-६, बायाँटारी, झोलुङ्गे बजारको टीका रोमा कोइराला प्रतिष्ठान स्याङ्जा थुमपोखरा थानापाटाको दोस्रो स्मृति दिवस सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सासद् मुक्तिप्रसाद पाठकलले स्मृति कोष निमार्णगरी समाजसेवाको बाटो अंगालेर प्रसंसनीय काम गरेको बताए।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा समिति आयोगका सदस्य ढाकाराम अर्याल, युवा संघ नेपाल स्याङ्जा क्षेत्र नम्बर तीनका अध्यक्ष किसान श्रेष्ठ, थुमपोखरा गाविस प्रहरी चौकीका प्रमुख राजकुमार यादव, समाजसेवीहरू कुलबहादुर थापा, आनन्द पाठक, रीता कोइराला, अर्जुनकुमार गैरे, हिमाल पराजुली, मुक्ति न्यौपानेलगायतले बोलेका थिए।

कार्यक्रममा विभिन्न अक्षयकोषबाट अपाङ्ग, उत्पीडित, असाहय तथा दलित विद्यार्थी गरी २० जनालाइ नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

- अादर्श समाज सम्वाददाता