न्याय जनताको अन्तिम सेवा : प्रधानन्याधीश

बागलुङ, २४ फागुन। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जनताको अन्तिम सेवा न्याय भएकाले सोही अनुसार लाग्न निर्देशन दिएका छन्।

जिल्ला अदालत बागलुङको भवन शिलान्यास गर्दै श्रेष्ठले जनतालाई बलियो बनाएमात्र मुलुक बलियो हुने विचार राखे। जनतालाई न्यायबाट बञ्चित गराउन नहुने उनको भनाइ थियो।

श्रेष्ठले प्रयाप्त पूर्वाधार नहुँदा जनतालाई सेवा दिन नसकिने भएकाले पूर्वाधार निर्माणतर्फ आफूले ध्यान दिएको बताए। नेपालका प्रायः अदालत आफ्नै भवनबाट सञ्चालित भएको भन्दै श्रेष्ठले आफ्ना भवन नभएका अदालतमा नयाँ भवन निर्माण गर्न आफूले पहल गरिरहेको बताए।

नयाँ संविधान निर्माणपछि मुलुक स्थिरतातर्फ उन्मुख भएको बताउँदै श्रेष्ठले संविधानमा जनताका पक्षमा भएका हक, अधिकार सुनिश्चित गराउन न्यायलयले ध्यान दिनुपर्नेमा जोड दिए।

यसअघि भाडाको घरबाट सेवा दिँदा अप्ठ्यारो परेकाले नयाँ भवन निर्माण गर्न लागिएको जिल्ला न्यायाधीश भीमलाल बेलवासेले बताए। नयाँ भवन अपाङ्गमैत्री र महिलामैत्री हुने बेलवासले जानकारी दिए।

दुर्इ वर्षमा निर्माण सक्ने तयारीसहित शिलान्यास गरिएको भवन १० करोड ४१ लाख ६१ हजार लागतमा निर्माण गर्न लागिएको हो।

- अादर्श समाज सम्वाददाता