‘वात्स्यायन’लाई राष्ट्रिय कलाश्री सम्मान

काठमाडौँ, २३ फागुन। नेपाली कला साहित्य डट कम प्रतिष्ठानले यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान’बाट व्यङ्ग चित्रकार दुर्गा बराल ‘वात्स्यायन’लाई सम्मानित गरेको छ।

Durga Baral Badshyan

प्रतिष्ठानले आइतबार एक कार्यक्रमको आयोजना गरी नेपाली भाषा संस्कृतिका सर्म्बर्द्धनका प्राध्यापक ग्रेगारी जी मस्कारिनेकलाई ‘नेपाल सम्मान’ प्रदान गरेको छ।

यसैगरी, प्रतिष्ठानले एक लाखसहितको राष्ट्रिय कलाश्री पुरस्कारबाट नेपाली भाषा साहित्यका साधक ठाकुरप्रसाद गुरागार्इंलाई, २० हजारसहितको स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारबाट कवि एवम् निबन्धकार भीष्म उप्रेतीलाई र २५ हजारसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट पत्रकार फूलमान बललाई सम्मान गरेको हो।

पूर्वमन्त्री शङ्कर कोइरालाले उनीहरूलाई सम्मान गर्दै देशभित्र र बाहिर रहेर पनि नेपाली भाषा, साहित्य, कलामा योगदान पुर्‍याउँदै आएका कला साधकको योगदानको मूल्याङ्कन हुनुपर्नेमा जोड दिए।

सम्मानित व्यक्तित्व वात्स्यायनले आफूले कार्टु चित्र सुरु गर्दाताकाको अनुभव सुनाउँदै यसैको माध्यमबाट समाजका अनेकन विसङ्गतिलाई केलाएको बताए।

- रासस