तेक्वान्दो खेलाडीहरू सम्मानित

पोखरा, २३ फागुन। राम तेक्वान्दो स्कूल पोखराले विजेता कास्केली तेक्वान्दो खेलाडीलाई शनिबार सम्मान गरेको छ।

samman hanmadang

गत साता सम्पन्न पोखरा वर्ल्ड तेक्वान्दो हानमादाङ प्रतियोगितामा विजयी कास्केली खेलाडीहरुलाई स्कुलले एक कार्यक्रमबीच सम्मान गरेको हो।

सो अवसरमा अनिता कुमाल, कृष्ण कार्की, पदमबहादुर थापा, वसन्त भण्डारी, अस्मित लामा, विकास गुरुङ, रेकमाया गुरुङ, ललितबहादुर धामी र बलराम लामालाई सम्मान गरिएको कार्यक्रमका अध्यक्षज मसिद मेहमदले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकूद परिषद्का सदस्य फत्तबहादुर गरुङले खेल र खेलाडी राष्ट्रका गहना भएकाले यसको राज्यले यथेष्ट सम्मान गर्नुपर्ने बताए।

कार्यक्रममा कस्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङ, जिल्ला खेलकुद विकास समितिका सदस्य लुना गुरुङ, कोरियन मास्टर योङ दलक्वान, जोङ सु किम, राम निम्न माविका प्राचार्य कल्पना पौडेल, जमुना गुरुङलगायतले आ-आफ्ना भनाइ राखेका थिए।

सो कार्यक्रमका अध्यक्ष जमसिद मोहम्मदको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन राम तेक्वान्दो स्कूलका प्राशिक्षक बलराम लामाले गरेका थिए। त्यस्तै, कार्यक्रम सञ्चालन लक्ष्मी लामाले गरेका थिए।

- रामप्रसाद सापकोटा, विद्यार्थी पत्रकार