पृथ्वी होटल व्यवसायी समितिमा न्यौपाने

पोखरा, २३ फागुन। पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा कमलप्रसाद न्यौपाने निर्वाचित भएका छन्।

prithvi hotel

समितिको पाँचौँ वाषिर्क साधारणसभा तथा तस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा दुर्इवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद पाण्डे, उपाध्यक्षमा सन्देश तिमिल्सेना, महासचिवमा बालकृष्ण निउरे, सचिवमा महेश ज्ञवाली, कोषाध्यक्षमा अमृत घिमिरे र सहकोषाध्यक्षमा सूर्यबहादुर तुलाचन छन्। यस्तै, सदस्यहरूमा लोकप्रसाद बस्याल, शिवराज सुवेदी, ज्योति शेरचन, छिरिङ राई, ख्यामप्रसाद सुवेदी, विन्दु श्रेष्ठ, सूर्यराज मिश्र, भुवानी अधिकारी, ऋषि पौडेल ‘कृष्ण’ र चक्र गौचन छन्।

अधिवेशनको कास्कीका प्रहरी प्रमुख घनश्याम अर्यालले उद्घाटन गरेका थिए।

- एजेन्सी