बुधबार खण्डग्रास सूर्यग्रहण

काठमाडौँ, २२ फागुन। आगामी बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

solar eclipse

बिहान ५:५७ बजे सूर्यग्रहणको स्र्पर्श हुने भए पनि नेपालमा ६:२२ मा सूयोर्दय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए।

‘ग्रहणको मध्यकाल बिहान ६:२७ र मोक्षकाल ७:०२ बजे हुन्छ, ग्रहण बार्नेले स्र्पर्श हुनुभन्दा चार प्रहरअघिदेखि खान हुँदैन, ग्रहणका समयमा सुत्न, मैथुन आदि कर्म गर्न नहुने शास्त्रीय वचन छ’-उनले भने। यस अनुसार फागुन २५ गते बेलुकी सूर्यास्तपछि नै बाल, वृद्ध र बिरामी बाहेकले भोजन गर्न नहुने समितिको भनाइ छ।

गृह मन्त्रालयका प्रवक्ता यादव कोइराला यसअघिका सूर्यग्रहणका बेला मन्त्रिपरिषद्ले निर्णय गरी सार्वजनिक बिदा दिने गरेको र यस वर्ष २६ गते बुधबार ग्याल्बो ल्होसारको बिदा परेकाले बिदाको निर्णय गर्नु नपर्ने बताउँछन्।

- रासस