गण्डकी बोर्डिङमा पुरस्कार वितरण

पोखरा, २२ फागुन। गण्डकी उच्च मावि बोर्डिङ स्कूलमा शनिबार पुरस्कार वितरण गरिएको छ।

कार्यक्रममा विद्यालयको अतिरिक्त क्रियाकलाप, शैक्षिक, तथा विशेष अवार्डहरू वितरण गरिएको थियो। कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले विद्यालयका गतिविधिले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने काम गरेको बताए।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल रव्रि्रसाद बरालले विद्यालयको शैक्षिक प्रगतिबारे जानकारी गराएका थिए।

विद्यालयले यो वर्ष स्वर्णयवर्षको रुपमा मनाएको छ। कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष महेन्द्र रिमाल, विद्यालयका सहायक प्रिन्सिपल चेतनाथ भण्डारी र विज्ञान शिक्षक सकुन्तला गुरुङले बोलेका थिए। कार्यक्रममा विद्यार्थीले विविध साँस्कृतिक प्रस्तुति पनि राखेका थिए।

- अादर्श समाज सम्वाददाता