कालिकामा निबन्ध प्रतियोगिता

हेमजा २२, फागुन। अभ्यास शिक्षणका शिक्षकले पोखरा-१० स्थित कालिका पब्लिक कलेज, उच्च माविमा निबन्ध प्रतियोगिता गरेका छन्।

उच्च मावि र स्नातक गरी दुर्इ तहमा भएको प्रतियोगिताअन्तर्गत उच्च मावितर्फ मोवाइलको प्रयोगले विद्यार्थीमा पारेको प्रभाव विषयमा एवम् स्नातक तहतर्फ उर्जा सङ्कट समस्या र समाधानका विषयमा प्रतियोगिता भएको थियो।

उच्च मावितर्फ निश्चल थापा प्रथम, उत्तम कार्की द्वितीय, मदन गुरुङ तृतीय र सन्दीप सुवेदी सान्त्वना भए। प्रतियोगितामा २० विद्यार्थीले भाग लिएका थिए।

त्यस्तै, पाँच प्रतिस्पर्धी रहेको स्नातक तहतर्फ कल्पना थापा प्रथम, बिना थापा द्वितीय, किसान रानामगर तृतीय र कृति गुरुङ सान्त्वना भए।

कार्यक्रममा क्याम्पस प्रमुख ज्योतिबाबु पौडेल, उच्च मावि प्रमुख बलराम गिरी, प्राध्यापक सुरज पौडेल, बलराम पोखरेल, भूपेन्द्र पौडेल, सुशील शर्मा भट्टराईलगायतले बोलेका थिए।

अभ्यास शिक्षक सविता अधिकारीले स्वागत गरेको कार्यक्रम अभ्यास शिक्षकद्वय सुनिता बराल र दीक्षा खङ्काले सञ्चालन गरेका थिए। पद्मा थापाको अध्यक्षतामा कार्यक्रम भएको हो।

- अादर्श समाज सम्वाददाता