घाँटीछिनामा भलिबलको तयारी

पोखरा, २२ फागुन। प्रगतिशील युवा क्लब, चापाकोट-७, घाँटिछिनाको आयोजनामा आगामी आइतबारदेखि घाँटीछिनामा हुन लागेको वडास्तरीय भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ।

volleyball

कार्यक्रम सफल पार्न क्लबका अध्यक्ष शिव अधिकारीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ।

प्रतियोगितामा १५ टिमले सहभागिता जनाउँदै छन्।

प्रतियोगिताको अघिल्लो संस्करणमा १२ टिमले भाग लिएका थिए। स्थानीय रुपमा खेलाडीको खोजी गर्दै प्रतिभालाई माथिल्लो स्तरसम्म उकास्नका लागि प्रतियोगिता वर्षेनि आयोजना गर्दै आएको प्रतियोगिता संयोजक रमेश गुरुङले बताए।

चारदिने प्रतियोगितामा प्रथम हुने टिमले १८ हजार, द्वितीयले १२ हजार तथा तृतीयले नगद सात हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्।

- एजेन्सी