बिजनेस युनिभसलको वाषिर्कोत्सवमा रक्तदान

पोखरा, २१ फागुन। बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लिमिटेडले २१ औँ वाषिर्कोत्सवको अवसरमा शुक्रबार बैंकको प्रधान कार्यालय, अनामनगर तथा सभागृहचोक पोखरामा रक्तदान आयोजना गर्‍यो।

bdbl

कार्यक्रममा एक सय १८ जनाले रक्तदान गरेको बैकका प्रमुख कार्यकारी अधिकृत मनोहर केसीले बताए। कार्यक्रममा लेखनाथ-१३, स्थित राधे-राधे वृद्धाश्रमलाई बैंकका तर्फबाट ३२ इन्चको एलइडी टिभी सहयोग गरिएको थियो।

हाल बैंकले प्रधान कार्यालयसहित १४ शाखामार्फत् देशका विभिन्न स्थानमा सेवा प्रदान गर्दै आएको छ। यस बैंकको चुक्ता पुँजी एक अर्ब पाँच करोड ६१ लाख ९९ हजार, निक्षेप सङ्कलन करिब छ अर्ब ८८ करोड निक्षेप सङ्कलनमार्फत् पाँच अर्ब ७२ करोड कर्जा परिचालन गरेकोे बैकका प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए।

- एजेन्सी