अन्तर्राष्ट्रिय म्याराथन आज

पोखरा, २१ फागुन। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आज हुँदै छ।

पाँच वर्षपछि हुन लागेको म्याराथनमा नेपालका विभिन्न जिल्लाबाट धावकले नाम दर्ता गराएका छन्। प्रतियोगितामा दोस्रो पुस्ताका नयाँ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ४२ किलोमिटर म्याराथनका विजेताले ६० हजार, उपविजेताले ४० हजार र तेस्रोले नगद २५ हजार मेडल र  प्रमाणपत्र प्राप्त गर्नेछन्।पोखरा रङ्गशालाबाट सुरु हुने दौड पोखराको विभिन्न ठाँउ परिक्रमा गर्दै लेखनाथ पुगेर पुन रङ्गशालामै आएर टुङ्गिनेछ।

त्यसैगरी, पाँच किलोमिटर छात्र-छात्रा छात्र/छात्रामा प्रथम, द्वितीय र तृतीयले क्रशमः नगद सात हजार, पाँच हजार र तीन हजार रूपैयाँ, मेडल पाउनेछन्।  यता, रङ्गशालाकै टयाकमा हृवीलचियर दौडसमेत हुने अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता