बाँसवारी र फुट स्टेपबीच सहकार्य

पोखरा, २१ फागुन। पोखरा नयाँबजारमा रहेको शुभ बाँसवारी छाल जुत्ता उद्योगले फुट स्टेप जुत्ता उद्योगसँग सहकार्य गरेको छ।

DSC02055

स्थानीय सीपको उपयोग गरी स्वदेशी उत्पादनमार्फत् रोजगारी सिर्जना गर्ने तथा पुँजी पलायनलाई रोक्ने उद्देश्यले विगत चार वर्ष पहिले पोखरमा शुभ बाँसवारी छाला जुत्ता उद्योग सञ्चालनमा आएको थियो। शुभ बाँसवारी छाला जुत्ता उद्योगलले फुट स्टेप जुत्ता उद्योगसँग सहकार्य गरी पश्चिमाञ्चल डिलरका रूपमा पोखरामा शुक्रबार एक कार्यक्रमबीच सो रूम उद्घाटन गरेको हो। सो रूमको सांसद दिलबहादुर नेपालीले उद्घाटन गरे। शो रूममा छालाका जुत्ता, पेटी, ब्याग लेदर जाकेट विशेष छुटका साथ उपलब्ध गराइने शुभ बाँसबारी छाला जुत्ताका श्याम नेपालीले जानकारी दिए।

कार्यक्रममा फुट स्टेप जुत्ता उद्योगका प्रोपाइटर पवित्रबहादुर नेपाली, फुट स्टेप जुत्ता उद्योगका निर्देशक सुरेश भण्डारी, कन्या मावि व्यवस्थापन समितिका अध्यक्ष होम नेपाली, इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिल नेपाली, परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु बराल, एकता समाज कास्कीका अध्यक्ष भक्तबहादुर नेपाली र वीरेन्द्र दाहालले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता