कास्कीबाट केन्द्रीय सदस्यमा डेढ दर्जन आकाङ्क्षी

नेपाली काङ्ग्रेसको १३ औ महाधिवेशनमा कास्कीबाट केन्द्रीय सदस्यमा करिब डेढ दर्जन आकाङ्क्षी छन्। महाधिवेशन सुरूसँगै उम्मेद्वारी मनोनय दर्ता सुरू भए पनि कुन कोटामा केन्द्रीय सदस्यको उम्मेद्वार दिने भन्ने कास्कीका नेताहरू अलमलमा छन्।

nepali-congress-flag

कास्की जिल्लाको सभापतिको उम्मेद्वार दिने भनेरपछि हटेका कृष्ण कार्की भने केन्द्रमा कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने मनसाय बनाएका छन्।

नेपालीका काङ्ग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, वहालवाल केन्द्रीय सदस्य जीवन परियार, पूर्वमन्त्री महादेव गुरूङ, कास्कीका निवर्तमान सभापति यज्ञबहादुर थापा, पूर्व सभापति सोभियतबहादुर अधिकारी, देवराज चालिसे सांसद शारदा पौडेल, सांसद वृन्दा रानामगर भने केन्द्रीय सदस्यमा मनोनय दर्ता गर्ने तयारीमा छन्।

त्यसैगरी, लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, गुरू बराल, खलिल मियाँ, दुर्गाबहादुर सुनार, परशुराम वि पोख्रेल स्वर्गीय वादल पत्नी चन्द्रवती पौडेल पनि केन्द्रीय सदस्यमा उम्मेद्वार दिने तयारीमा छन्।

यता नेपाली काङ्ग्रेसका नेता तथा पूर्व केन्द्रीय आमान्त्रित सदस्य शुक्रराज शर्मा भने निर्वाचन लड्ने मनसाय बनाएका छैनन्। निर्वाचन समितिले उम्मेद्वार मनोनय दर्ता सयम बिहीबार विहान आठ बजेदेखि शुक्रबार अपरान्ह १२ बजेसम्म तोकेको छ।

यी मध्ये रानाभाट भने खुल्ला सदस्यमा मनोनय दर्ता गराइसकेका छन्। महाधिवेशनमा नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला आ-आफ्नो प्यानल बनाएर पदाधिकारीको उम्मेदवारी घोषण गरिसके पनि केन्द्रीय सदस्यको भने टुङगो लागेको छैन।

कास्कीबाट केन्द्रीय सदस्यमा उम्मेद्वार दिने नेताहरू टिममा पर्नका लागि दौडधुप गरिरहेका छन्। पूर्व महामन्त्री  रानाभाट र पूर्वमन्त्री गुरूङ भने देउवा प्यानलबाट लड्ने प्राय निश्चित भएको छ।

केन्द्रीय सदस्यका आकाङ्क्षी धेरै भएपछि नेताहरूले सदस्य मिलाउन हम्मेहम्मे परेको छ। ‘कास्कीका नेताहरू छलफल नगरिकन आ-आफ्नै अडानले केन्द्रीय सदस्यको उम्मेद्वार दिने हो भने कास्कीबाट केन्द्रीय सदस्य आउन गाह्रो हुने छ’-एक नेताले भने-‘छलफल गरेरै हार्ने गरी नभई जित्ने गरी मिलेर उम्मेद्वारी दिनु पर्दछ।’

- अादर्श समाज सम्वाददाता