कोइरालालाई विज्ञानमा विद्यावारिधी

पोखरा, २० फागुन। पोखरा उपमहानगरपालिका-९ बास्तोलाथर निवासी निरञ्जन कोइरालाले जीव विज्ञान तथा जैविक रसायन इन्जिनियरिङमा विद्यावारिधी (पीएचडी) प्राप्त गरेका छन्।

Nirajan Koirala Blackउनले उक्त उपाधी दक्षिण कोरियाको सनमुन युनिभर्सिटीबाट प्राप्त गरेका हुन्। उनको अनुसन्धानात्मक शोध कार्यको विषय मिथाइलेटेड/ग्लुकोसयलेटेक फ्लवोनोइड्सको उत्पादनका लागि एस्चेरिचिया कोलो बीएल २१ को मेटाबोलिक इन्जिनियरिङ र तीनका जैविक गतिविधिहरु रहेको थियो।

उपाधिसँगै उनले सोही विश्वविद्यालयबाट सर्वश्रेष्ठ विद्यार्थी पदक (स्वर्णपदक) र सवोर्त्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थी पदक पनि प्राप्त गरेका थिए।

पोखरा रामबजारस्थित एसओएस हरमन माइनर उमाविबाट एसएलसी तथा पोखरा-९ नयाँबजारस्थित सगरमाथा उच्च माविबाट प्लस टु उत्तीर्ण गरेका कोइरालाले जैविक प्रविधि तथा जीव रसायन शास्त्रमा बैंगलोरको एभिके फष्ट ग्रेड कलेजबाट बी. एस्सी. र दयानन्द सागर कलेजबाट एमएस्सी गरेका थिए।

पिता इन्द्रप्रसाद कोइराला तथा माता नानीमाया कोइरालाको कोखबाट २०४२ जेष्ठ २० गते जन्मिएका निरञ्जन कोइराला नानोमेटिरियल जर्नलका अतिथि सम्पादक तथा शिक्षा सम्बन्धी नविनतम् अनुसन्धान र अभिनव विचारको अन्तर्राष्ट्रिय जर्नलका समीक्षक पनि हुन्।

उनले कोरियन सोसाइटी अफ बायो टेक्नोलोजी एण्ड बायो इन्जिनियरिङ्गबाट सवोर्त्कृष्ट पोष्टर प्रस्तुति पुरस्कार दुर्इ पटकसम्म प्राप्त गरेका थिए। क्यान्सर सेललाइभहरुमा एन्टी गतिविधि परीक्षण तथा प्राकृतिक औषधी उत्पादन, अ अनुसन्धानमा केन्द्रित डा. कोइराला आफूलाई पोखरेली हुनुमा गर्व गर्दछन्।

२५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी उनले कोरियामा रहँदा नेपाली विद्यार्थीको कोरिया समाज र वर्ल्ड वाइड नेपलीज स्टुडेन्ट अर्जनाइजेशन कोरिया च्याप्टरको उपाध्यक्ष भई काम गरेका थिए।

- अादर्श समाज सम्वाददाता