अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा

पोखरा, २० फागुन। भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा गर्न लागेको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ।

पाँच वर्षपछि हुन लागेको म्याराथनको तयारी बारे बिहीबार पोखरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। फागुन २२ गते शनिबार हुने म्याराथनलाई  सफल दुधले तिन वर्षका लागी प्रायोजन गरेपछि आर्थिक अभावमा स्थगित प्रतियोगिताले निरन्तरता पाएको हो।

नेपालका विभिन्न जिल्लाबाट ५० धावकले नाम दर्ता गरिसकेको मञ्चका अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए। शुक्रबार बेलुकासम्म नाम टिपाउने भएकाले यो संख्या वढ्न सक्छ।

प्रतियोगितामा आर्मीको पहिलो तह र सागमा सहभागी खेलाडीले सहभागिता नजनाउने मञ्चका उपाध्यक्ष एवम् प्रतियोगिताका प्रचारप्रसार संयोजक तेजबहादुर गुरुङले बताए। प्रतियोगितामा दोस्रो पुस्ताका नयाँ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।४२ किलो मिटर म्याराथनका विजेताले ६० हजार, उपविजेताले ४० हजार र तेस्रोले नगद २५ हजार मेडल र  प्रमाणपत्र प्राप्त गर्नेछन्।

पोखरालाई म्याराथन सिटिका रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। म्याराथनमा सवैको सहभागीता गराउने उद्देश्यले रनफरफनको  समेत आयोजना गरिएको छ।

पोखरा रङ्गशालाबाट सुरु हुने दौड पोखराको विभिन्न ठाँउ परिक्रमा गर्दै लेखनाथ पुगेर पुन रंगशालामै आएर टुङ्गिने छ।

त्यसैगरी, पाँच किलोमिटर छात्र-छात्रा दौडमा तीन सय ७५ जनाले नाम दर्ता गराएको गुरुङले जानकारी दिए।  छात्र तर्फकेा प्रतिस्पर्धामा दुर्इ सय र छात्रा तर्फको प्रतिस्पर्धामा एकसय ७५ जना विद्यार्थीको नाम टिपाएका छन्। छात्र/छात्राका प्रथम, द्वितीय र तृतीयले नगद सात हजार, पाँच हजार र  तीन हजार मेडल पाउने छन्।  यता रगंशालाकै ट्याकमा हृवील चियर दौड समेत हुने  छ।

अध्यक्ष खड्ग रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव हरिप्रसाद पराजुलीले गरेका थिए।

- मेनका तिमिल्सिना/विद्यार्थी पत्रकार