लेखनाथका एक सय २० ज्येष्ठ महिला सम्मानित

लेखनाथ, २० फागुन। १०६ औं नारी दिवसको अवसरमा लेखनाथ नगरपालिका वडा नं २, ३ र ६का ज्येष्ठ महिलालाई सम्मान गरिएको छ।

स्थानीय आमा समूहको पहल र वडा सेवा केन्द्र २, ३ र ६ को व्यवस्थापनमा प्रत्येक वडाको ४० जना ज्येष्ठ महिला गरी एक सय २० ज्येष्ठ महिलालाई दोसल्ला र नगदले सम्मान गरिएको हो।

सम्मानित कार्यक्रममा बोल्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले संविधानले महिलाहरुलाई दिएको अधिकारको खोजी गर्दै महिलाहरुले विकास निर्माण र सामाजीक संघ सस्थामा नेतृत्वदाई भुमिका निभाउनु पर्ने सुझाव राखेका थिए।

तीन वटै बडाका महिला प्रतिनिधि पार्वती गुरुङ, सरस्वती बराल र सारदा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालिका सामुदायिक शाखाका प्रमुख मिना भण्डारी, टोल विकास समन्वय समितिका अध्यक्ष छविलाल लामिछाने र वडा सचिव लिलामणि भण्डारी तथा नगरस्तरीय राजनीतिक पार्टीप्रतिनिधिहरुले बोलेका थिए। लगाएतले महिला अधिकारका बारेमा जोड दिएका थिए।

- अादर्श समाज सम्वाददाता