हेमजा बोर्डिङमा व्यवस्थापन समिति र अभिभावक संघ

पोखरा, १९ फागुन। हेमजा आवासीय बोर्र्डिङ स्कुलको बुधबार भएको अभिभावकको भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ।

भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोतिलाल तिमिल्सिनलाई सर्वसम्वत चयन गरेको छ। समितिका सचिवमा केशवशरण पौडेल, सदस्यहरूमा मनकुमारी पौडेल, चुडामणि तिमिल्सिना, कुलप्रसाद त्रिपाठी, पार्वती बानियाँ र नारायणी बस्नेत छन्।

त्यसैगरी, भेलाले प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ। संघको सदस्य-सचिवमा नारायणी दाहाल तथा सदस्यहरूमा केशवशरण पौडेल, मोतिलाल तिमिल्सिना, सिष्टर तास्िकला, इन्द्रप्रसाद त्रिपाठी, सिर्जना सापकोटा, प्रकाशचन्द्र पौडेल, विष्णु बास्तोला र दलबहादुर कुँवर छन्। विद्यालय व्यवस्थापन समितिको कार्यावधि तीन वर्ष र शिक्षक अभिभाक संघको कार्यावधि दुर्इ छ।

यसअघि, कार्यक्रममा बोल्दै विद्यालय निरीक्षक मनकुमारी पौडेलले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि अभिभावकको महत्वपूर्ण भूमिका रहने बताइन्।

हेमजा स्रोत व्यक्ति भीमप्रसाद पौडेलले गुणस्तर शिक्षा दिने विद्यालयमा अग्रसर हुन आग्रह गरे। अबको शिक्षा समायानुकूल हुनुपर्ने उनको भनाइ छ।

विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले अभिभावकको सल्लाहअनुरुप नै शैक्षिक गतिविधिलाई अगाडि बढाउने बताए। कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक माधवशरण पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल तिमिल्सिना, शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटा, पोखरा-२७, हेमजाका सचिव कुविन्द्र कुँवर, अभिभावक विष्णु पौडेलले बोलेका थिए। विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रिन्सिपल भरत अधिकारीले स्वागत र शैक्षिक प्रशासक शंकरमणि त्रिपाठी ‘छन्दमणि’ले कार्यक्रम सञ्चालन गरे।

विद्यालयले अभिभावक दिवस तथा वाषिर्कोत्सव चैतमा मनाउने भएको छ। अभिभावकबीचको सम्बन्ध सुमधुर गर्नका लागि विद्यालयले अभिभावकबीच विभिन्न खालका अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्ने लक्ष्य राखेको छ।

- अादर्श समाज सम्वाददाता