राप्रपा नेपाल सिमलचौरमा कुँवर

पोखरा, १९ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टीनेपाल पोखरा-८, पोखरामा सोमबार योगेन्द्र कुँवरको अध्यक्षतामा १५ सदस्यीय वडा इकाइ समिति गठन भएको छ।

raprapa

कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् अञ्चल संयोजक रमेशबहादुर भट्टराईले पार्टीनागरिकको मर्म बुझेर अगाडि बढ्ने बताए। कार्यक्रममा शिवकुमार बास्तोला, केन्द्रीय महिला उपाध्यक्ष पार्वती गौतम, जिल्ला उपाध्यक्षद्वय भोलाजंग सुवेदी र प्रेम मल्ल, जिल्ला कोषाध्यक्ष धर्मेन्द्रबहादुर थापा, क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारी, क्षेत्रीय उपाध्यक्ष पूजा शाह, वडा नं. ८ का इकाइ अध्यक्ष नूरप्रसाद गौतम, महिला सक्रिय सदस्य गीता बास्तोला श्रेष्ठलगायतले बोलेका थिए।

पार्टीला थप आकर्षण बढ्दै गएको कार्यक्रमका अध्यक्ष टेकन गिरीले बताए।

- रामप्रसाद सापकोटा, विद्यार्थी पत्रकार