परियारलाई उद्योगीको राहत

लेखनाथ,१९ फागुन। लेखनाथ-३ को अघौर्ंचोकमा पसल गर्दै आएका कमल परियारलाई राहत हस्तान्तरण गरिएको छ ।

गएको असोज १९ गते उनको लेखनाथ टप टेर्लर्स सेन्टरमा आगलागी भएको थियो। अघौर्ं व्यवसायी समिति र लेखनाथ उद्योग बाणिज्य संघको पहलमा सङ्कलन गरिएको ४२ हजार नौं सय ६० रुपैयाँ परियारलाई वुधबार हस्तान्तरण गरिएको हो।

sahayog

अघौर्ं बजार व्यवस्थापन समितिले स्थानीय स्तरमा सङ्कलन गरेको ३७ हजार नौं सय ६० र लेखनाथ उद्योग वाणिज्य संघको राहत कोषबाट पाँच हजार सङ्कलन गरी परियारलाई राहत प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले एक व्यवसायीलाई पीडा पर्दा सबै व्यवसायीले सहयोग गर्नुपर्ने र एक व्यवसायी खुसी हुँदा सबै व्यवसायी खुसी हुनुपर्ने बताए।

अघौ बजार ब्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रुपकला श्रेष्ठ, कोषाध्यक्ष कृष्ण सापकोटा र सदस्य तिलकशाली सापकोटाले दुःख र सुखमा सबै व्यवसायी संगठित भइ अगाडि बढ्नुपर्ने विचार राखेका थिए।

- अादर्श समाज सम्वाददाता