साइनिङ स्टारमा सचेतना

पोखरा, १४ फागुन। साइनिङ स्टार बोर्र्डिङ स्कुल पोखरा-६, बैदामले शुक्रबार प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्रसम्बन्धी सचेतना कार्यक्रम गरेको छ।

कार्यक्रममा वडा नं. ६ का वडा सचिव राजुबहादुर कोइराला, नागरिक समाजका सदस्य विष्णुहरि अधिकारी, युवा नेतृत्व नेपालका अध्यक्ष श्रीकृष्ण अधिकारी र विद्यालयका प्रधानाध्यापक अर्जुन पाण्डेले सहजीकरण गरेका थिए।

सो अवसरमा प्लाष्टिकको झोलामा राखेका खानेकुरा खाँदाको असर, प्लाष्टिक झोला जलाउँदा हुने वातावरण प्रदूषण र जथाभावी फाल्दा हुने असरका बारेमा प्रयोगात्मक रुपमा विद्यार्थीलाई प्रकाश पारिएको थियो।

आगामी बैशाखदेखि पोखरा उप-महानगरपालिकाले प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्ने भएकाले सचेतना कार्यक्रम सञ्चालन गरिएको शिक्षक वविता भण्डारीले जानकारी दिइन्। कार्यक्रमको सञ्चालन शिक्षक वीरबहादुर क्षत्रीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता