नागरिक मञ्चद्वारा विद्यालय अनुगमन

पोखरा, १२ फागुन। वडा नागरिक मञ्च पोखरा-११ ले वडामा रहेका सामुदायिक विद्यालय अनुगमन गर्ने क्रममा बुधबार शिवशक्ति उच्च माविको अनुगमन गरेको छ। पोखरा-११ का सचिव भीमदेव शर्मा, वडा नागरिक मञ्चका संयोजक तीथकुमारी गुरुङ, सामाजिक परिचालक सङ्गीता बराल, वडा नागरिक मञ्च व्यवस्थापन समितिका सदस्य महावीर थापा, समितिका सदस्य सुशीला बास्तोलाको टोलीले अनुगमन गरेको हो।

अनुगमनका क्रममा विद्यालय शिक्षा नीति अनुरुप चले/नचलेको, विद्यालयको शैक्षिक अवस्था, विद्यालयले सम्पादन गर्ने क्रियाकलापलगायतका विषयमा जानकारी लिइएको वडा नागरिक मञ्चकी संयोजक तीथकुमारी गुरुङले जानकारी दिइन्। अनुगमन टोलीलाई विद्यालयका प्राचार्य शम्भुप्रसाद बास्तोलाले विद्यालयबारे जानकारी दिएका थिए। अनुगमन टोलीले  शौचालयको सरसफाइमा ध्यान दिन, पुस्तकालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र कक्षा ४ भन्दामाथि पनि अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गर्न सुझाव दिएको छ।

- अादर्श समाज सम्वाददाता