शानदार जितसँगै नेपाल फाइनलमा

काठमाडौँ, ५ माघ। माल्दिभ्सलाई ४-१ ले पराजित गर्दै नेपाल बङ्गलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

मङ्गलबार साँझ बङ्गलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो। नेपालका नवयुग श्रेष्ठले तीन र विशाल राईले १ गोल गर्दै नेपाललाई जित दिलाए।

नेपालका लागि खेलको ३१ औँ मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरे। विमल र्घर्तीमगरले प्रहार गरेको बल पोलमा ठोक्किएर फर्केपछि त्यसलाई नवयुगले गोलमा परिणत गरेका थिए।

त्यस्तै, ५३ औ मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए भने नवयुगले नै ६२ औँ र ९० औँ मिनेटमा थप गोल गर्दै हृयाटि्रक पूरा गरे।

माल्दिभ्सका लागि नासिद अहमदले खेलको ७५ औं मिनेटमा एक गोल फर्काएका थिए। नेपालले अब फाइनलमा बहराइनको यु-२३ टिमसँग माघ ८ गते शुक्रबार प्रतिष्पर्धा गर्नेछ।

खेलमा हृयाटि्रक गरेका नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। जितसँगै नेपाल १७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको हो। सन् १९९९ पछि नेपाल कुनै पनि अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा नपुगेको एन्फाले जनाएको छ।

एन्फाका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट हृयाटि्रक गर्ने नवयुग पाँचौ खेलाडी भएका छन्। यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी र भरत खवासले हृयाटि्रक गरेका थिए।

विश्व फुटबलको बरियतामा माल्दिभ्स दक्षिण एसियाको शीर्ष स्थानमा रहँदै एक सय ३१ र नेपाल दक्षिण एसियाको पुछारमा एक ८६ औ स्थानमा छ। यसअघि, समूह चरणको पहिलो, दोस्रो र तेस्रो खेलमा नेपालले क्रमशः मलेसियासँग गोलरहित बराबरी, श्रीलङ्कालाई १-० ले पराजित र बङ्लादेशसँग पनि बराबरी खेलेको थियो।

प्रतियोगिताको समूह ‘बी’मा सबैभन्दा राम्रो खेलेको माल्दिभ्सले तीन खेलबाट सात आ-आफ्नो बनाउँदै समूहको शीर्ष स्थानका साथ सेमिफाइनल प्रवेश गरेको थियो। सन् १९९९ मा नेपालले दक्षिण एसियाली खेलकुदमा अन्तिम पटक माल्दिभ्सलाई हराएको थियो। त्यसयता प्रत्येकपल्ट नेपालमाथि माल्दिभ्स हावी हुँदै आएको थियो।

- रासस