सुरू भयो नवौँ हिसान स्पोट्स मिट

पोखरा, २ माघ। उच्च माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा शनिबारदेखि हिसान कास्की स्पोट्स मिट-२०७२ सुरू भएको छ।

नवौं संस्करणको स्पोट्स मिट माघ ५ गतेसम्म सञ्चालन हुनेछ। स्पोट्स मिटको कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले उद्घाट्न गरे। युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल आउने भनिए पनि उनको अनुपस्थितिमा मैनालीले कार्यक्रम उद्घाटन गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी मैनालीले उच्च मावि तहका विद्यार्थीलाई एकै ठाउँमा भेला पारेर शिक्षासँगै खेलकुदका माध्यमबाट मित्रता, स्वच्छ प्रतिष्पर्धा, अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। मुलुक विषम परिस्थितिमा गुज्रिएको सर्न्दर्भमा विद्यार्थी, युवा आÇनो राष्ट्रप्रति समर्पित हुँदै सकेको योगदान गर्न पनि उनले सुझाए।

कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले शिक्षासँगै खेलकुद पनि उत्तिकै महत्वपूर्ण रहेकाले हरेक विद्यालयमा विद्यार्थीलाई खेलकुदको वातावरण बनाउन निर्देशन दिए। उनले अधिकांश निजी विद्यालयमा राम्रो पूर्वाधार रहेकोमा सन्तुष्टि जनाउँदै असल र सभ्य समाज निर्माणमा विद्यालयको ठूलो भूमिका हुने बताए।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष रमेश शिलवाल, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरूङ, उच्च मावि शिक्षा परिषद् पोखराका कार्यालय प्रमुख अशोक न्यौपानेलगायतले बोलेका थिए।

हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले सबै उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गतका जिल्लाका विद्यालय तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर शैक्षिक गुणस्तरसँगै खेलकुद विकासका लागि र आपसी सम्बन्ध विस्तारका लागि प्रत्येक वर्ष स्पोट्स मिट गर्दै आएको बताए।

स्पोट्स मिटमा शनिबार भएको टेबलटेनिसअन्तर्गत छात्रतर्फ एकल ११ र छात्रातर्फ पनि ११ जना दोस्रो चरणमा प्रवेश गरेका छन्। दोस्रो चरणमा प्रवेश गर्नेहरूमा अन्जन खड्का (केफ उच्च मावि), अभिषेक सुवेदी -डायमण्ड उच्च मावि), निसान लामिछाने (स्टेप वाई स्टेप उच्च मावि), सन्देश पन्त (लक्ष्मी आवासीय उमावि), आकाश पौडेल -केफ उमावि), सन्देश तिमिल्सिना (डायमण्ड उच्च मावि), प्रकाश मगर (मोल्टीमोडल उमावि), विकास श्रेष्ठ (कास्की मोडनाइज्ड एकेडेमी), विकास गुरूङ(प्रतिभा उमावि), शंकर एसी -मेरिगोल्ड उमावि) र असिम गुरुङ (न्यू मोडेल एमेडेमी) दोस्रो चरणमा प्रवेश गरेका छन्।

यस्तै, छात्रा एकलतर्फ प्रकृति गौतम (मदरल्याण्ड उमावि), कविता थापा(पोखरा उमावि), सलिना गुरुङ(ग्लोबल कलिजिएट उमावि), दीक्षा गुरुङ (सगरमाथा उमावि), नवीना लम्साल(माउण्ट अन्नपूर्ण उमावि), सिर्जना पौडेल(पोखरा उमावि), एलिसा तामाङ(मदरल्याण्ड उमावि), सालु अधिकारी (डायमण्ड उमावि), अश्मी नेपाली (न्यू मोडेल) र प्रकृति तिमिल्सिना(ग्लोबल कलिजियट उमावि) दोस्रो चरणमा प्रवेश गरेको टेबुलटेनिसका रेफ्री कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए।

यसैगरी, बास्केटबल छात्रातर्फ पाँच खेल भएका छन्। ग्लोबल र माउण्ट अन्नपूर्णबीचमा भएको खेलमा ग्लोबलले दुर्इ अङ्क जाड्यो भने २० अङ्कका साथ माउण्ट अन्नपूर्ण विजयी बन्यो। यसैगरी, केफ उमावि र पश्चिमाञ्चलको १२-४, डायमण्ड र कास्की मोडनाइज्ड २-४, स्पाइरल र प्रतिभा ९-०, लिटिल स्टेप र पश्चिमाञ्चल, ४-६ ले अङ्क ल्याएका थिए।

यस्तै, छात्रतर्फ माउण्ट अन्नपूर्ण र ग्लोबल २८-१७, मल्टिमोडल र मरिगोल्ड ५४-१४, पोखरा युनाइटेड र प्रतिभा १७-२९, नेपाल टुरिजम होटल म्यानेजमेन्ट कलेज र रेम्बो एकेमेडी २०-१७, टप्स र त्रिवेणी ३७-११, न्यू ग्यालेक्सी र डायमण्ड २५-३३, जिनियर सिटिजन र केएमसी ०-२०, नेसनल एन्भेन्टिक र स्पाइरल २१-२८ ले अङ्क ल्याएको बास्केटबल खेल संयोजक राजु कायस्थले जानकारी दिए।

यसैगरी, शनिबार नै भलिबलमा १२ खेल भएका छन्। खेलमा मेरिगोल्ड उच्च मावि, केफ एच्च मावि, न्यू मोडल, पोखरा मल्टिमोडल, पोखरा हाइयर सेकेण्डरी स्कुल, केफ, लिटिल स्टेप, नेपाल टुरिजम होटल म्यानेजम्यान्ट, सबलाइन, माउन्ट अन्नपूर्णलगायतले पहिलो चरणमा जित हासिल हासिल गरेका छन्। यसैगरी, नेपाल टुरिजम होटल म्यानेजम्यान्ट, मल्टिमोडल र केफ उच्च माविले दोस्रो चरणको खेल जितेको भलिबल खेल संयोजक दिवाकर जैसीले जानकारी दिए।

स्पोट्स मिटमा भलिबलअन्तर्गत छात्रतर्फ २३ र छात्रातर्फ १६ टीम, बास्केटबलअन्तर्गत छात्रतर्फ २६ र छात्रातर्फ १३ टिम र टेबुलटेनिस एकलतर्फ छात्र ४८ जना र छात्रा २८ जना छन्। टेबुलटेनिस जोडीतर्फ छात्र २२ टिम र छात्रा २२ टिम नै रहेको हिसान पूर्व अध्यक्ष तथा स्पोट्स मिट संयोजक रमाकान्त बरालले जानकारी दिए।

२०५७ सालमा उच्च मावि संघ हुँदै २०६४ मा गठित हिसान कास्कीमा ४६ उच्च मावि आबद्ध छन्।

- अादर्श समाज सम्वाददाता