भेट्रान फुटबलको उपाधि फोर्टी फाउण्डेसनको पोल्टामा

पोखरा, २८ पुस। एसओएस बगर भाइखलक एटए साइड भेट्रान फुटबलको उपाथि फोर्टी फाउण्डेसन काठमाडौंले आÇनो पोल्टामा पारेको छ।

पोखराको पुरानो टुँडिखेलमा भएको पाँचौं संस्करणको फुटबल प्रतियोगितामा भाटभटेनी हेल्थ क्लब काठमाडौंलाई १-० गोल अन्तरले पराजित गर्दै फोर्टी फाउण्डेसनले उपाधि जितेको हो।

मङ्गलबार भएको प्रतियोगिताको फाइनल खेलमा दोस्रो हाफको २३ औँ मिनेटमा नायक धीरेन शाक्य क्याप्टेन रहेको फोर्टी फाउण्डेसनका जर्सीनम्बर ९ का खेलाडी ओमकृष्ण श्रेष्ठको गोलले फोर्टी फाउडेसनले उपाधि चुम्यो। खेलमा म्यान अफ दी म्याचको उपाधिसमेत गोलकर्ता श्रेष्ठले नै पाए।

उपाधिसँगै फोर्टी फाउण्डेसनले नगद ४४ हजार चार सय ४४ रूपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगितामा दोस्रो हुने भाटभटेनी हेल्थ क्लबले ३३ हजार तीन सय ३३ रूपैयाँ नगद, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।प्रतियोगिताका विजेतालाई सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) जानकीराज भट्टराई, राष्ट्रिय खेलकुद परिषद् सदस्य फत्तबहादुर गुरूङ, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष यमबहादुर गुरूङ, आयोजक बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरूङ, सहारा क्लब पोखराका पूर्व अध्यक्ष बिक्रम थकालीलगायतले पुरस्कार वितरण गरेका थिए।

- एजेन्सी