भेट्रान फुटबलमा सात खेल सकिए

पोखरा, २६ पुस। बगर भाइखलकले आयोजना गरेको पाँचौँ संस्करणको एसओएस भेट्रान फुटबलमा तेस्रो दिन सात खेल भएका छन्।

प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा मित्र युवा क्लब भेट्रान काठमाडौंले ४-० गोल अन्तरले वीरगञ्ज युथ भेट्रान एकेडेमीलाई पराजित गर्‍यो। खेलमा मित्रको तर्फबाट जर्सीनम्बर १० का खेलाडी चेतनारायण श्रेष्ठले हृयाटि्रक गरे भने जर्सीनम्बर ११ का कल्याण खड्गीले एक गोल गरे। खेलमा चेतनारायण श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए।

दोस्रो खेलमा एफसी पोटाला भेट्रान्स क्लब हेटौंडाले क्लब मर्सिस भेट्रान बौद्ध काठमाडौंलाई २-१ गोल अन्तरले पराजित गरेको छ। खेलमा हेटौंडाका तर्फबाट जर्सीनम्बर ८ का खेलाडी अजय माननन्धरले दुर्इ गोल गरे भने मर्सिस भेट्रानका जर्सीनम्बर ११ का खेलाडी अर्जुन लामाले सान्त्वना गोल गरे। हेटौंडाका गोलकर्ता अजय मानन्धर म्यान अफ दी म्याच घोषित भए। तेस्रो खेलमा नखीपोट भेट्रान ललितपुरले आदिवासी फुटबल क्लब काठमाडौंलाई ५-० गोल अन्तरले पराजित गरेको छ।

खेलमा जर्सीनम्बर १० खेलाडी राजेश लेप्चाले हृयाटि्रक तीन गोल गरेभने जर्सीनम्बर १५ का खेलाडी राजु खड्का र जर्सीनम्बर १२ का खेलाडी विजय गुरुङले समान एक गोल गरे। प्रतियोगितामा म्यान अफ दी म्याच हृयाटि्रक गर्ने खेलाडी राजेश लेप्चा म्यान अफ दी म्याच घोषित भए।

चौथो खेलमा नाइट किङ सानो गौचरण काठमाडांै नीलोले एबीसी भेट्रान पोखरालाई २-१ गोल अन्तरले पराजित गरेको छ। खेलमा काठमाडौं निलोको तर्फबाट जर्सीनम्बर ४ का अरुण शाहले दुर्इगोल गरे भने एबीसीको तर्फबाट जर्सीनम्बर ६ का लिलाजंग गुरुङले सान्त्वना गोल गरे।

पाँचौ खेलमा निर्धारित समयमा कुनै गोल हुन नसकेपछि ट्राइबेकरमा दीप युनाइटेड पोखराले सीएफटी हेटौंडालाई ४-३ गोल अन्तरले पराजित गर्‍यो। खेलमा जर्सीनम्बर एकका खेलाडी भीमबहादुर छन्त्याल म्यान अफ दी म्याच घोषित भए।

छैठौ खेलमा भाटभटेनी हेल्थ क्लब काठमाडौंले चितवन ११ लाई ५-२ गोल अन्तरले पराजित गरेको छ। खेलमा भाटभटेनीका खेलाडी बिनोद पुडासैनी म्यान अफ दी म्याच घोषित भए।

आइतबार सम्पन्न अन्तिम खेलमा फोर्टी फाउण्डेशन नेपाल काठमाडौंले बगर भाइखलक ‘ए’ लाई ३-१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। खेलमा फोर्टी फाउण्डेशनको तर्फबाट ओमकृष्ण श्रेष्ठले दुर्इ गोल गरे भने बगर भाइखलकका जर्सीनम्बर ४ का हरि गुरुङको आत्घाती गोलले फोर्टी प्लसलाई अग्रता दिन सफल भयो। बगर भाइखलकको तर्फबाट भने जर्सीनम्बर ७ का खेलाडी पप्पुले सान्त्वना गोल गरे। खेलमा फोर्टी प्लसका खेलाडी ओमकृष्ण श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए।

प्रतियोगितामा सोमबार क्वाटरफाइनल र सेमीफाइनलका खेल हुने आयोजकले जनाएको छ।

- एजेन्सी